पाकिस्तानको धार्की शहर नजिक सोमवार दुईवटा यात्रुवाहक ट्रेनहरू ठोकिँदा मर्नेको संख्या ३० पुगेको छ भने अन्य ५० जना घाइते भएका छन् ।
पाकिस्तान रेलवेजका प्रवक्ताका अनुसार, कराचीबाट सरगोदा जाँदै गरेको मिल्लत एक्सप्रेस ट्रेन पटरीबाट खसेर तलको ट्य्राकमा खसेको थियो । त्यसपछि त्यो रावलपिण्डीबाट आएको सर सइद एक्सप्रेस ट्रेनसँग ठोकिन पुग्यो ।
घटना राइती रेलवे स्टेसन नजिक भएको हो ।
रोहडीबाट एउटा राहत ट्रेन पठाइएको अनि प्रहरी तथा स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको पनि प्रवक्ताले जानकारी दिए । कराची...