बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताएका छन् । २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै विभिन्न समयमा गएका भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरूमा श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । २ माघ १९९० मा गएको भूकम्पको त्रासद सम्झनामा यो दिवस मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै उनले १२ वैशाख २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताए । ‘भूकम्पबाट क्षति भएका संरचनाहरू