गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

सम्बन्धित सामग्री

कालीमाटीको आफ्नै पाठ्यक्रम

कालीमाटी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आफ्नै पाठ्क्रम पढाउने भएको छ । स्थानीय पाठयक्रममा स्थानीय कला, संस्कृति, साहित्य, भाषा, रीतिरिवाज, धर्म, कृषि, वन समावेश छ । स्थानीय पर्यटकीय स्थल, भौगोलिक पहिचान, जातीय विविधता पहिचानलगायत पाठ्यक्रममा समेटिएको पालिकाले जनाएको छ । स्थानीय पाठ्यक्रमको नाम ‘कालीमाटी गाउँपालिकाको सेरोफेरो’ छ ।

सुनकोशीको स्थानीय पाठ्यक्रम तयार

सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गाउँपालिकाको परिचय, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, गाउँपालिकाभित्रका संस्कृति र संस्कार, घरेलु उद्योग, पशुपन्छी, माछापालन व्यवसायलगायतका नौ विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो। पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यघण्टा, विषयवस्तुको विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन विधिलगायतका विषय समावेश गरिएका छन्।