युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । यसअघि दुई पटक सरेको प्रतियोगिता अब तोकिएकै समयमा हुने मन्त्री गहतराजले दावी गरे ।नवौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको बैठकमा बोल्दै उनले कोरोना महामारीका कारण प्रतियोगिता समयमै हुन नसकेको त्यसपछि स्थानीय चुनावले प्रतियोगिता समयमा नभएको बताए । ‘नवौं राष्ट्रिय खेलकुद अब तोकिएको समयमा नै हुन्छ । कोरोना महामारी र स्थानीय चुनावले गर्दा प्रतियोगिता स