एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परेमा बल प्रयोग गरेर ताइवानलाई मुख्य भूमिको हिस्सा बनाउने बताएका छन् । ताइवानमा अमेरिकाको अडानबाट चीन आक्रोशित छ र टापु वरपर समुद्र र आकाशमा अहिलेसम्मकै सबैभन्दा ठूलो युद्ध अभ्यास (पीएलए वार ड्रिल) गरिरहेको छ। यसैबीच ताइवानले चीनसँग युद्ध नचाहेको बताउँदै त्यसको तयारी सुरु गरेको बताएको छ । आखिर चीन र ताइवानबीच किन शत्रुता छ र अमेरिका कसरी उनीहरुको मुद्दामा फसेको छ, जानौँ ।