काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको 'चीन सरकार दक्षिण सहयोग सहायता कोष' ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका देशलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको हो ।
प्रमुख छाओले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई देशबीचको सामाजिक सङ्गठनमा धेरै सहयोग गर्ने प्रतिबद्...