काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिकाे बैठकले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप व्यवस्था गरी भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरी भौतिक रुपमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको बताइन्। उनले भनिन, ‘इन्जिनियरिङ कलेजले ट्युसन शुल्कबाहेक अरु शुल्क पनि लिएको पाइएकाे छ, ती कलेज