बनियानी : झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बिर्तामोड-५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो।
गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव…