कोरोनाभाइरस संक्रमणबाट हालसम्म ५ वर्षमुनिका ३५ सय बढी बालबालिका संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३५ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो भने त्यसमध्ये १० जनाले ज्यान समेत गुमाएका छन् ।
मन्त्रालयले कतिपयमा बालबालिकालाई संक्रमण हुँदैन भन्ने भ्रम रहेकाले त्यसमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारेको छ ।
त्यसैले आफूसँगै बालबालिकालाई पनि अभिभावकले जनस्वास्थ्यका मापदण्डहरु पालना गराउनुपर्नेमा मन्त्रालयमा जोड दिएको छ । मास्क लगाउने, साबुन पानीले हात धुने, भीडभाडमा बालबालिकालाई जा...