काठमाडौं : दुई/तीन दिनदेखि बढेको शीतलहरले तराई–मधेसको जनजीवन प्रभावित बनेको छ। हाल नेपालगञ्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यी क्षेत्रमा अझै १–२ दिन सम्म तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुने विभागले जारी गरेको शीतलहर विशेष बुलेटिनमा उल्लेख छ। विभागका अनुसार विगत ३ दिनदेखि मध्य तराईमा दिनभरजसो हुस्सु र कुहिरो लागेको अवस्था छ। बिहीबार प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेक