काठमाडौं, १५ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (एमाले) ले राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सार्ने खबर राजनीतिक वृत्तमा चर्चामा छ । नेकपाको आन्तरिक किचलोदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा उभिएर एमाले विभाजन गराएका माधव नेपाल लामो समयसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सानिध्यमा रहेर नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा रहे […]