यातायात क्षेत्रमा कार्यरत मजदुर संघ संगठनले यातायात क्षेत्रको सुधारका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघले मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यातायात क्षेत्रको सुधार र पुनर्जागरणका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग गरेका हुन् ।
यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा मंगलबार यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् ।नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्