काठमाडौँः सरकारले उपत्यकाभित्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने प्रक्रिया थालेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकाभित्र सञ्चालन हुने यातायात प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, सुरक्षित बनाउन प्राधिकरण गठन गर्न लागेको छ।
प्राधिकरणले माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै एकीकृत यातयात प्रणालीको व्यवस्थापन