कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा २ राज्यमन्त्री नियुक्त

प्रदेश सरकारको समय सकिनै लाग्दा सुदूरपश्चिम प्रदेश सरकारमा २ जना राज्यमन्त्री नियुक्त गरिएका छन् । शुक्रवार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ जना प्रदेश सांसदलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए । राज्यमन्त्रीद्वय नेकपा एकीकृत समाजवादीका तर्फबाट  बनेका हुन् । उनीहरू दुवै

सम्बन्धित सामग्री

राजनीतिक किचलोले सुदूरपश्चिममा ५३ सांसदमध्ये २५ जना बने मन्त्री

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल शुक्रबार छैठौं पटक पुनर्गठन भयो । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा मुख्यमन्त्री भट्टले २ जना राज्यमन्त्री नियुक्त गर्दै छैठौं पटक मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।एमालेमा प्रवेश गरेपछि केही दिन अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको हो । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउद

सुदूरपश्चिममा कार्यकाल सकिनै लाग्दा दुई राज्यमन्त्री नियुक्त

उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् । आजै नियुक्त भएका उनीहरू दुवै जनाले पद तथा गोपनियताको शपथ पनि लिइसकेका छन् ।