राजनीतिक किचलोले सुदूरपश्चिममा ५३ सांसदमध्ये २५ जना बने मन्त्री

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल शुक्रबार छैठौं पटक पुनर्गठन भयो । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा मुख्यमन्त्री भट्टले २ जना राज्यमन्त्री नियुक्त गर्दै छैठौं पटक मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।एमालेमा प्रवेश गरेपछि केही दिन अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको हो । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउद