गाउँगाउँमा चुनावी चहलपहल बढेको छ । उम्मेदवार मत माग्न घरदैलोमा व्यस्त हुन थालेका छन् । म्याग्दीमा उम्मेदवारको टोली तामझाम र दलबलसहित बस्ती–बस्ती उक्लेका छन् । स्थानीय तह निर्वाचनमा एमाले, सत्ता गठबन्धनका कांग्रेस–माओवादी केन्द्रको चुनावी रणनीति उस्तैउस्तै देखिन्छ । उनीहरू तीनवटा टोली बनाएर प्रचारप्रसारमा खटिएका छन् ।