सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ । सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने निर्णय गरेको हो । सर्वोच्च बार कार्यसमिति बैठकले उक्त मुद्दामा मागिएको दुई वरिष्ठ अधिवक्तामा घिमिरे …