बारा १: पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा

बारा १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता कायमै छ।

सम्बन्धित सामग्री

पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।

उमाकान्त चौधरी बारा–१ बाट सिफारिस

काठमाडौं, २१ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि खानेपानी मन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका छन् । बारा कांग्रेस जिल्ला कार्यसमितिको गत भदौ १८ गते बसेको बैठकले कांग्रेसको सह–महामन्त्री चौधरीको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरेको हो । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा सुरेश कुमार खनाल, टेकबहादुर […]

कांग्रेस सहमहामन्त्रीमा सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन्। थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी २ हजार ७५६ मत ल्याउँदै निर्वाचित भएका हुन्। सहमहामन्त्रीको प्रतिस्पर्धामा तेजुलाल चौधरीले १ हजार ८७७ मत ल्याउँदै पराजित भए। उनी शेखर कोइराला प्यानलका हुन्।

खानेपानी मन्त्री उमाकान्त चौधरी काँग्रेस सहमहामन्त्रीमा विजयी

नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पनएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा रुमाकान्त चौधरी विजयी भएका छन् । उनी दुई हजार सात सय ५६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार आठ सय ७७...

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो । उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको हो ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

२ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थियो । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने […]

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का भएको छ । आज सिटौला समूहको बैठकले उनलाई मन्त्रीका लागि सिफारिश गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले सिटौला समूहलाई एक मन्त्री दिने निर्णय लिएका थिए । सिटौला समूहबाट प्रत्यक्ष निर्वाचित सांसदमध्ये चौधरी र भीमसेनदास प्रधान […]