५ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । उनी ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए । तत्काल कुनै पार्टीको सदस्यता नलिने उनले बताए ।