काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर व्यक्तिका नाममा कायम गरिएका सरकारी जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ वर्ष २०७६ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिको अनधिकृत दोहन गर्नेलाई छुट नदिइने बताए। उनले विदेशी विनियम कारोबार, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अनुचित कामको छानबिन जारी