राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गरेर जनशक्ति पलायन रोक्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले कृषि, वन र खनिजमा आधारित उद्योग विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका हुन् ।