शिक्षा पत्रकारहरूसँग राष्ट्रपतिको आग्रह– विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउनुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरू विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाँट पल्टिने उनको भनाइ थियो ।