विराटनगर : आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महिला जनप्रतिनिधि नै पछाडि पर्ने गरेको पाइएको छ। बुधवार शि लिड्स महिला नेतृत्व कार्यक्रमले आयोजना गरेको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौती, अन्तर र अवसर आदानप्रदान गोष्ठीमा स्थानीय तहमा प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधिले आफ्ना अनुभव राख्दै यस्तो बताएका हुन्।
बेलबारी नगरपालिकाका महिला सदस्य मञ्जु रिजालले महिला जनप्रतिनिधि पनि आर्थिक, सामाजिक साथै राजनीतिक क्षेत्रमा पछाडि परेको बताइन्।
काम गर्ने दौरानमा भोगको चुनौतीको विषय उल्लेख गर्दै यस्तो ...