सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरूको संसदीय सुनुवाइ सरेको छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालविरुद्ध उजुरी दिनेहरूसँगको छलफल भएको र न्यायाधीशमा सिफारिस भएकाको सुनुवाइ २०७८ साल वैशाख ३ गते सुनुवाइ गर्ने निर्णय भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।