उपसभामुख चयन छिट्टै हुन्छ : कांग्रेस

२७ असार, काठमाडौं । नेपाली कांग्रेसले छिट्टै नै उपसभामुख चयन गर्ने बताएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकका बीचमा पत्रकारसित कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले उपसभामुख नहुँदा संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताए । उनले त्यो समस्या समाधानका लागि पनि छिट्टै उपसभामुखको चुनाव गर्नु पर्ने बताए । उनले उपसभामुख नभएको र […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा : बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ। प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आइतबार दिउँसो २ बजे बस्न लागेको हो । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो।  मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा बैठक बसेको छ । बैठकले सभामुख र उपसभामुख चयन, मुख्यमन्त्रीलाई विश्वासको मत दिनेसँगै ५ वटा अध्यादेश स्वीकृत गरेको छ।  प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), न...

सर्वदलीय बैठक : माघ ७ भित्र सभामुख छानिसक्ने सहमति

काठमाडौं :  ज्येष्ठ सदस्य तथा सभाभुख पशुपति शमशेर जबराको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ।नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए। ‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुट

उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएकाे हाे। निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा एकीकृत […]