मूल्यवृद्धि गर्दा नेपाल आयल निगम उच्च घाटामा हुने भएको छ । आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको पनि निगमले जनाएको छ ।आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरिकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो