दाङ - दाङको मतगणना तीन ठाउँमा हुने भएको छ । मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।
मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि तारजालीसहित मतगणना स्थल तयार गरिएको छ । जिल्लाको क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मंसिर ५ गते बिहानदेखि मतगणना सुरु ग...