पाकिस्तान फाइनलतर्फ अग्रसर, १५३ रनको लक्ष्यमा शानदार सुरुवात

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १५३ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तान बलियो स्थितिमा देखिएको छ । पाकिस्तानले १० ओभरमा विकेट नगुमाई ८७ रन बनाएको छ । कप्तान बाबर आजम ४१ र विकेटकिपर ब्याट्सम्यान मुहम्मद रिजवान ४३ रनमा खेल्दैछन् । पाकिस्तानलाई अब बाँकी १० ओभरमा ६६ रन आवश्यक छ । त्यसअघि टस जितेर […]

सम्बन्धित सामग्री

टीट्वेन्टीपछि टेस्ट क्रिकेटमा पनि बंगलादेशविरुद्ध पाकिस्तानको शानदार सुरुवात

पाकिस्तानले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट क्रिकेट शृंखलामा विजयी सुरुवात गरेको छ। मंगलबार सकिएको पहिलो खेलमा पाकिस्तान ८ विकेटले विजयी भयो। २ सय २ रनको लक्ष्य पाकिस्तानले पाचौँ तथा अन्तिम दिन २ विकेट गुमाएर पुरा गर्‍यो। दोस्रो पालीमा पाकिस्तानका अविद अलीले ९१ र अब्दुल्लाह सफिकले ७३ रन बनाए। उनिहरुले पहिलो विकेटका लागि एक सय ५१ रनको […]

साफमा आज नेपाल र श्रीलंका भिड्दै, यसरी हेर्नुस् लाइभ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार सोमबार बेलुका ९:४५ मा खेल सुरु हुने छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै  बिजयी सुरुवात गरिसकेको छ  । मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका थिए।आजको खेल भने नेपालमा पनि लाइभ हुने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङका अनुसार खेल एक्सन स्पोर्ट्समा लाइभ हुने छ । यस अघिको खेल लिभ भएको थिएन । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।

साफ च्याम्पियनसिप फुटबलमा नेपालको बिजयी सुरुवात, माल्दिभ्स बिरुद्द शानदार जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गतको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ। आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करणमा नेपालले बिजयी सुरुवात गरेको हो। मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका हुन्। यससंगै नेपालले प्रतियोगितामा ३ अंक जोड्न सफल भएको छ। बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ ।नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका डाँगीले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गर्न सफल भएका हुन्। दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदशन गर्दै जित निकाल्न सफल भएको हो। खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू भएको हो। आजको खेलसंगै नेपालले माल्दिभ्सलाई ५ पटक हराएको छ भने ४ खेलमा बराबरी तथा ९ खेलमा पराजित भएको छ। साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।