मास  संक्रमणले बढाउँदै छ डिप्रेसन

कोभिड महामारीका कारण यस वर्ष विश्वभर एन्जाइटी र डिप्रेसन २५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मास डिप्रेसनका कारण निम्तिने तनाव व्यवस्थापन नहुँदा मानसिक रोगको दर प्रत्येक वर्ष...

सम्बन्धित सामग्री

उद्योगीहरू समस्यामै समस्यामा परेका हुन् ?

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पछिल्ला २ दिनमा तीन जनाले आत्महत्या गरेको समाचार पत्रिकाहरूमा आए । नेपालमा व्यवसाय गर्न वातावरण नै छैन भन्ने खालको सन्देश यी घटनाले दिएका छन् । मीटरब्याजीबाट पीडित भएर वा अन्य कारणले ऋण तिर्न नसकेपछि आत्महत्या गर्ने क्रम बढ्दो छ । समग्रमै अहिले आत्महत्या गर्नेको संख्या बढेको छ यसले आम नागरिकमा चरम निराशा छाएको र विकल्प नदेखेपछि यस्तो बाटो रोजेको पाइन्छ । यस्तो घटनाले अरूलाई पनि उत्प्रेरित गर्ने भएकाले समयमै राज्यले यो समस्यमा ध्यान दिनु आवश्यक छ । देशमा सर्वसाधारणदेखि उद्यमी तथा व्यवसायीहरूमाझमा बढ्दै गएको आर्थिक संकटको अवस्थाले नैराश्य बढाउँदै लगेको छ । अहिलेको अवस्थामा समाजदेखि राज्यले आर्थिक ‘डिप्रेसन’को विषयमा जिम्मेवार भएर सोच्नुपर्ने बेला आएको छ । यस्ता समस्याको बेलैमा समाधान गर्नेतर्फ नलाग्ने हो भने अवस्था अझ भयावह हुनसक्छ । सरकारले ऋण तिर्नुपर्ने समयलाई अलि बढाएर वा ब्याजदर घटाएर वा अन्य कुनै उपायले जनतालाई सहायता गर्नुपर्छ । धेरैजसो व्यवसायीको इतिहास हेर्ने हो भने उनीहरू कैयौंपल्ट असफल भएर नै पछि सफल भएका देखिन्छन् । असफलताले पनि व्यक्तिलाई निकै कुरा सिकाउँछ, व्यावसायिक अनुभव दिन्छ र उनीहरू सफलतातिर उन्मुख हुन्छन् । तर, अहिलेको समयमा भने धैर्य कम भएर हो वा सामाजिक परिवेश त्यस्तै भएर हो, हतारमा आत्महत्याको बाटो रोजेको देखिन्छ । वास्तवमा मुलुकमा व्याप्त चरम राजनीतिक विकृतिका कारण मानिसहरूले आशाको बाटो नदेखेर नै आत्महत्या रोजेका हुन् । कानून पालना र नीतिगत स्थिरता हुने हो भने असफल व्यक्तिमा पनि आत्मविश्वास पलाउन सक्छ । यो विकराल समस्या भइसकेकाले सरकारको पूरै कार्यशैलीमा सुधार नल्याए यस्ता घटना भइरहने देखिन्छ । नवीन कार्की हात्तीगौंडा, काठमाडौं