एमाले स्थायी कमिटि बैठक स्थगित

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। १ बजेपछि बस्ने बताइएको बैठक स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्न तय भएसँगै आजको बैठक स्थगित भएको बताइएको छ। एमाले वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न भन्दै सोमबार साँझ बैठक डाकिएको थियो। तर बैठक औपचारीक रुपमा बस्न सकेन।

सम्बन्धित सामग्री

ओलीले मानेनन् बैठक रोक्ने माधव समूहको प्रस्ताव

काठमाडौं। स्थायी कमिटि बैठक रोक्ने प्रस्ताव लिएर पुगेका माधव नेपाल समूहका एमाले नेताहरुको प्रस्ताव अध्यक्षले इन्कार गरिदिएपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्। बैठकमा पुगेर माधव समूहका नेता भीम रावलले कार्यदलको सहमति, एमालेको एकता जोगाउन बैठक स्थगित गर्न आग्रह गरेका थिए। “हामीले हाम्रा विषय राख्यौं, हाम्रा कुरा सुनेपछि अध्यक्ष केपी शर्मा ओलीले बैठक जारी रहने एजेण्डा अगाडि बढाउनुस् भन्नुभयो, हामी बाहिरियौं।”रावलले भने।