सबस्टेसन निर्माण अन्तिम चरणमा

पश्चिम नवलपरासी, सुनवलको चारपालामा निर्माणाधीन १३२ केभी विद्युत् सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगलगायतका ठूला उद्योग सञ्चालनमा रहेका र अन्य उद्योग स्थापना हुने क्रम बढ्दै गएको अवस्थामा सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण सुरु गरिएको हो । २०७५ साल पुसदेखि निर्माण प्रक्रिया सुरु भएको यो सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाका प्रमुख दीपक गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

उदीपुर २२० केभी सबस्टेसन निर्माण

लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

बाह्रबिसे सबस्टेसन निर्माण सक्न दबाब

नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न दबाब दिएको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको हो । मध्येभोटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका […]

चौखामा प्रसारणलाइन सबस्टेसन निर्माण हुँदै

पूर्वी जाजरकोट एवं डोल्पामा ३३ केभीको विद्युत प्रसारणलाइन पुर्‍याउन नलगाड नगरपालिकाको चौखामा सबस्टेसन निर्माण कार्य सुरु गरिएको छ । चारवटा सबस्टेसन निर्माण हुनेमध्ये चौखा पनि एक हो । मध्य तथा तल्लो डोल्पामा विद्युत आपूर्ति गर्न सबस्टेसन निर्माण कार्यलाई तीव्रता दिइएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट शाखाले जनाएको छ । वाइवा कन्स्ट्रक्सन काठमाडौंले चौखा सबस्टेसन निर्माणको जिम्मेवारी […]

मस्र्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएका छन् । […]

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

तनहुँको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न

तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको छ ।सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको हो ।प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्या

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ,२१ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन एक सय ३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका(७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ । […]

लप्सीफेदी सबस्टेसन निर्माण अन्योलमा

काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं चार सय केभी प्रसारण लाइनको पाँचवटा टावर निर्माण हुन सकेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि ७०...

सबस्टेसन निर्माण गर्न अध्ययन

सिस्ने गाउँपालिका–५ को रुवाबाङ र भूमे गाउँपालिका–२ स्थित काँक्रीमा ३३ केभी प्रसारण क्षमताको सबस्टेसन निर्माण हुने भएको छ ।

१३ वर्षपछि सबस्टेसन निर्माण

ठेक्का लागेको १३ वर्षपछि बुइपा–ओखलढुंगा ३३ केभी प्रसारण लाइनको सबस्टेसन निर्माण भएको छ । सिद्धिचरण नगरपालिका ११ मा निर्मित सबस्टेसन निर्माण पूरा भई आइतबारदेखि परीक्षणका लागि चार्ज सुरु गरिएको हो ।