कैलाली – प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभइ फिर्ता ल्याएको बताउनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नदी बेचेको होइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होइन । फिर्ता ल्याइएको छ ।’उहाँले महाकालीको पानी नेपाली किसानक...