नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । यसका लागि अहिले सुझाव संकलनको काम भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय क्षेत्र तथा निजी औद्योगिक क्षेत्रहरूबाट विषेशगरी विभिन्न किसिमका मागहरू राख्दै मौद्रिक नीतिलाई सुझाव दिने क्रम जारी छ ।
यसबीचमा निजी क्षेत्रहरूको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले मौद्रिक नीतिका लागि सुझाव दिइसकेका छन् ।
यसबीचमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकक...