विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तीन महिनापछि आइतबार जम्बो मन्त्रिमण्डल विस्तार गरे।आठ जना मन्त्री थप गर्दै बनेको मन्त्रिमण्डल १४ सदस्यीय बनेको छ। जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन्। मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री र आफ्नै दल नेकपा (एकीकृत समाजवादी)बाट तीन जना मन्त्री नियुक्त गरेका थिए।सत्तारुढ गठबन्धनलाई भाग पुर्याउन मन्त्रालय विभाजन गरेर १३ जना मन्त्री बनाएपछि मुख्यमन्त्री राईले चर्काे आलोचना खपिरहेका छन्। मन्त्