परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंकमा आमाको दूध संकलन हुन थालेपछि फर्मुला मिल्कको प्रयोग घट्न थालेको छ । अस्पतालमा वार्षिक २२ देखि २४ हजार डेलिभरी हुने गर्दछ ।अस्पतालमा मासिक २ हजार डेलिभरी हुने गरेकोमा ३५ प्रतिशत शल्यक्रियाबाट बच्चा जन्मिने गरेका छन् ।