पेरिस ओलम्पिकमा नेपालको सहभागिता

अन्तर्राष्ट्रिय खेलकुदको मञ्च ठूलो भए पनि नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुद (एसियाड) मा सर्वप्रथम प्रवेश गरेको थियो । सन् १९५२ को हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकका रूपमा नेपालबाट नरशमशेर जबरा र कृष्णबहादुर वर्मा पठाइएको भनिए पनि त्यसको आधिकारिकता पुष्टि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत गर्न सकेको छैन ।

सम्बन्धित सामग्री

पेरिस ओलम्पिक्सकाे तयारीबारे खेलकुदमन्त्रीले लिए जानकारी

पेरिस ओलम्पिक्स २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन्।

पेरिस ओलम्पिक्सकाे तयारीबारे खेलकुदमन्त्रीले लिए जानकारी

पेरिस ओलम्पिक्स २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन्।

भरतले पेरिस पारालिम्पिक खेल्ने

काठमाडौँ- पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ । भरतले पेरिस पारालिम्पिकमा के–...

भरतले पेरिस पारालिम्पिक खेल्ने

काठमाडौँ- पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ । भरतले पेरिस पारालिम्पिकमा के–...

भरतले पेरिस पारालिम्पिक खेल्ने

काठमाडौं। पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटा मार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ । भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको […]

भरतसिंहले पेरिस पारालिम्पिक खेल्ने

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटा मार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ ।

सन्तोषीले पेरिस ओलम्पिक खेल्ने निश्चित

एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा सहभागिता जनाउने शुक्रबार निश्चित भएको छ । दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत वुमेन्स म्याराथनमा सहभागिता जनाउने छिन् ।

दुई अन्तर्राष्ट्रिय कराँते खेल्ने टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराँते टोलीलाई सोमबार बिदाइ गरिएको छ ।टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराँते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रालि का निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सम्झना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । जनवरी २१ देखि २३

फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा प्रदर्शन

फ्रान्समा कोरोनाबिरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको बिरुद्धमा ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन् । आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । प्रदर्शनकारीहरुले फ्रान्समा किशोर […]

‘कोप–२६’मा नेपालका तर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६)मा नेपालका तर्फबाट उच्चस्तरीए र प्रभावकारी सहभागिता रहने भएको छ । यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो शहरमा हुने सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी हुनेछन् । मुलुकको कार्यकारी प्रमुखको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएपछि सम्मेलनको सम्पर्क मन्त्रालयका रूपमा रहेको वन मन्त्रालयले तयारी चुस्त बनाएको छ । मुख्य सम्मेलनसँगै ‘साइड इभेन्ट’ र वार्ताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले बताएको छ । सम्मेलनमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिक प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभावजस्ता विषयमा सशक्त रूपमा आवाज उठाउने तयारी गरेको छ । यसबाहेक जलवायुजन्य हानिनोक्सानी, राष्ट्रिय योगदान प्रतिबद्धता (एनडीसी) प्रतिवेदन कार्यान्वयनका लागि स्रोतको खोजी, कार्बन वित्तलगायत विषय नेपालको प्राथमिकता हुनेछ । सम्मेलनमा नेपालले उठाउने विषयका बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको मन्त्रालयका सचिव पेमनारायण कँडेलले जानकारी दिए । ‘यो पटकको तयारी प्रभावकारी भएको र उच्चस्तरीय सहभागिताले सम्मेलनमा नेपालको उपस्थिति थप सशक्त हुने विश्वास लिएका छौं,’ उनले भने । पेरिस सम्झौताको प्रतिबद्धता पूरा गर्न सहयोग पुग्नेगरी मन्त्रालयले दीर्घकालीन रणनीति, जलवायुजन्य हानि र क्षतिको प्रतिवेदन, राष्ट्रिय अनुकूलन योजना, एनडीसी, थर्ड नेशनल कम्युनिकेशन (टीएनसी), टेक्नोलोजिकल निड एसेसमेन्ट (टीएनएस), लैंगिक तथा सामाजिक समावेशीकरण रणनीति, कार्ययोजनालगायत आवश्यक प्रतिवेदन तथा दस्तावेज बनाउने र पेश गर्ने काम गरिसकेको छ । नेपालले वन संरक्षणमा राम्रो गरेको र झन्डै ४५ प्रतिशत वन क्षेत्र पु¥याएको, समुदायमा आधारित संरक्षण कार्यक्रम अघि बढाएको कुरा पनि सम्मेलनमा राखिनेछ । यसैगरी विकसित मुलुकले कार्बन उत्सर्जन गरेबापत क्षतिपूर्तिका रूपमा दिने भनी गरेको प्रतिबद्धताअनुसारको रकम उपलब्ध गराउन नेपालले दबाब दिने बताइएको छ । वित्त सहयोगका उपकरणलाई पनि सहज बनाउन र यसमा सरकारको सीधा पहुँच बनाउनेलगायत विषयमा आफूहरूले जोड दिने कँडेलले बताए । सम्मेलनको उच्चस्तरीय सत्रको नेतृत्व प्रधानमन्त्रीको हुने र कोप–२६ को बाँकी कार्यक्रममा प्राविधिक सत्र नेतृत्व वन सचिवले गर्ने तय गरिएको छ । यसबाहेक विभिन्न विषयमा विज्ञसहितको टोली बनाएको र सो टोलीले ‘साइड लाइन’ वार्ता गर्नेछन् ।      हरेक वर्ष हुँदै आएको यस्तो सम्मेलन गतवर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । पेरिस सम्झौता कार्यान्वयनको पाँच वर्षभित्र गर्नुपर्ने विषयमा छलफल गर्न पनि यो सम्मेलन महत्त्वपूर्ण हुनेछ । सन् २०१५ मा भएको पेरिस सम्झौताको सन् २०५० सम्ममा हरित ग्यास उत्सर्जन शून्यमा पुर्‍याउने ‘रोडम्याप’ कार्यान्वयन गर्न विश्वका विभिन्न मुलुकसँगै नेपालले पनि आफ्नो एनडीसी प्रतिवेदन पेश गरिसकेको छ । पेरिस सम्झौतामा मुख्य गरी सन् २०५० सम्म हरित ग्यास उत्सर्जन शून्यमा पुर्‍याउने प्रतिबद्धता, विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित गर्ने तथा २ डिग्री सेल्सियस भन्दा बढ्न नदिने सहमति भएको थियो । रासस