राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराइयो

काठमाडौं। १६ प्रतिशत मत बढाउने एमालेले आन्तरिक तयारी गरेको छ। काठमाडौं महानगरपालिकाले राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ। मधेस सरकारले निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन गरेको छ। गाई चिह्न नदिएको भन्दै निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने भएको छ।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सवारी पार्किङका लागि छुट्टाउनुपर्ने बेसमेन्टमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि बेन्चहरू राखेको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेन्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो। महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ।