काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सवारी पार्किङका लागि छुट्टाउनुपर्ने बेसमेन्टमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि बेन्चहरू राखेको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेन्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो। महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ।

सम्बन्धित सामग्री

महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खुला गर्न थालेको छ। मेयर बालेन्द्र शाहको निर्देशनमा शुक्रबार दिउँसो महानगरको टोली राहदानी विभागको कार्यालयमा पुगेको हो । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकाल्दै गरेका छन् । बेसमेन्टमा नै कार्यालयले ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहदा सेवाग्राहीले […]

डोजर लिएर राहदानी विभाग हिँडे बालेन

१० भदौ, काठमाडौं ।  काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह […]