नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट नै कायम रहने बताएपछि उपाध्यक्ष एवं पूर्व इन्चार्ज भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन् ।
ओलीले आज बिहान उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, इन्चार्ज लेखराज भट्ट, प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई बालकोटमा बोलाएर सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम रहने बताएका थिए ।
तर, ओलीको भनाइमा रावलले भने असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले बताए ।
आफू निक...