काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ भोलि अर्थात मंगलवार बाँडफााट हुने भएको छ । विक्री प्रबन्धक एनआईएमबि एस कयापिटलका अनुसार भोलि बिहान १० बजे बाँडफाँट हुने जानकारी दिएको हो । कम्पनीले मङ्सिर ८ गते देखि १२ गते सम्म सर्वसाधारणको लागि ११ लाख ४८ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख २२ हजार ९९४ जना आबेदकहरुबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता शेयर माग भएको थियो । यी आवेदकहरुमध्येबाट १ लाख १४ हजार ८ सय जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाउनेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
यस कम्पनीले कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू, जस्तै: मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरणसम्बन्धी क्रियाकलापहरू गरिरहेको छ ।