भिजिट भिसामा साढे दुई करोड ठगी : गिरोहमा संलग्न ३८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, तीनजनाविरुद्ध रेड नोटिस
भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुर्याएर ठगी गर्ने गिरोहमा संलग्न ३८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी...
लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी इलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । इलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय बिकास बसेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ …
काठमाडौं : इन्टरपोलबाट 'रेड नोटिस' जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे।इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो।देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीहरूलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानुनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको छ।&
११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएका एक जना आरोपी कतारबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा फरार रहेका सुनसरी बराहक्षेत्र नगरपालिका–११, मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन् । इन्टरपोलको नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी) दोहाको सहयोगमा उनलाई कतारमा पक्राउ गरेर काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको […]
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती …
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी …
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ । पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ …
काठमाडौँ । नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ । नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको हो । […]
होटेल व्यवसायको आवरणमा आपराधिक गतिविधिमा संलग्न रहेका दुई चिनियाँविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको छ । ठमेलमा होटेल चलाउँदै आएका सी वेनलङ र चेन फेङकाईविरुद्ध रेड...
ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पुरीलाई आवश्यक कार...