काठमाण्डौ - उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबल लिग १०२१/२२ को उपाधि जितेको छ ।
आज आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हो ।
एस्टन भिल्लाका म्याटी क्यासले खौलको ३७ औँ र फिलिपे कोटिन्होले ६९ औँ मिनेटमा गोल गर्दै टोलीलाई २-० ले अघि राखौका थिए । तर सिटीका लागि इल्के गुन्डोगानले ७६ औँ, रोड्रीले ७८ औँ र गुन्डोगानले नै ८१ औँ मिनेटमा व्यक्तिगत...
असोज २३, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी चितवन टाइगर्सले जितेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले उपाधी जितेको हो । चितवनले पहिलोपटक उपाधी जितेको हो । उपाधीसँगै चितवनले ५० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले १५ रुपैयाँ लाख पाएको छ ।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव ५ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।
पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा अविजित रहे ।
त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई/ दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक÷एक विकेट रह्यो ।
व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही ५१ हजार रुपैया प्राप्त गरेका छन् । रासस
चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए । ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०