राजनीतिक अस्थिरताका कारण अहिले सडक तातेको छ । नेकपामा गुटगत राजनीति हाबी भएपछि बिहीबार नेकपाकै माधव–प्रचण्ड पक्षले आमहड्ताल गरेको छ । कोरोनाले थिलथिलो बनेको अर्थतन्त्रमा अब राजनीति अस्थिरताले गाँज्ने सङ्केत देखिएको छ ।तथ्यांक विभागलाई आधार मान्ने हो भने नेपालको औपचारिक अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ छ...