जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। आइतवार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन्।मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आजको बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री यादवले आजको मधेश प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत परेको घोषणा गरे।प्रदेशसभामा १०७ जना सदस्य रहेकोमा आजको बैठकमा १०४ जना उपस्थित रहेका थिए। मुख्यमन्त्री यादवले पाएको मत उपस्थित सदस्य सङ्ख्याको बहुम