लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिइरहेकै दिन मंगलबार लोसपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।