निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ

निर्माण व्यवसायी तेण्डी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर हुन् । बैंकिङ कसुर मुद्दामा शेर्पालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।उनले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको छ । ६३ वर्षीय शेर्पालाई महानगरीय प्रहरी परिसर, टेकुको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित सामग्री

निर्माण व्यवसायी तेण्डी शेर्पा बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौं, ६ चैत्र । कञ्चनजंङ्घा निर्माण सेवाका प्रोपाइटर तेण्डी शेर्पा पक्राउ परेका छन् । निर्माण व्यवसायी शेर्पालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार ६३ वर्षीय शेर्पाले दिएको १ करोड ६७ लाखको चक बाउन्स भएको हो ।