भन्सार छलेर ल्याइएको झण्डै १७ लाख रुपैयाँ बराबरका कम्प्युटर पार्ट्स बरामद – देशसञ्चार

वीरगञ्ज– भारतबाट भन्सार छलेर ल्याइएको करिब १७ लाख बराबरका कम्प्युटर पार्ट्स पर्सा प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ। प्रहरीले भन्सार छली ल्याइएका उक्त

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

सशस्त्र प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट गरी १७ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली ल्याइएका माल बस्तु बरामद गरेको छ ।

भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँ बराबरका सामान बरामद

रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेड क्वार्टरबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान उक्त सामान बरामद गरेको थियो ।

पर्सामा एक वर्षमा ३४ करोडका तस्करीको सामान बरामद

साउन २, वीरगञ्ज । वितेको एक वर्षमा पर्सामा अनधिकृत तरिकाले कारोबार भइरहेको करीब ३४ करोड रुपैयाँ बराबरको मालसामान बरामद भएको छ । गत आर्थिक वर्ष २०७७/ ७८ मा वीरगञ्ज महानगर र ग्रामीण क्षेत्रबाट ३३ करोड ७० लाख रुपैयाँ बराबरका यस्ता बस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार भन्सार छलेर भित्र्याइएका र अनधिकृत तरिकाले भारततर्फ निकासी गर्न लागिएको अवस्थामा विभिन्न बस्तु सामातिएको हो । मरीच, केराउ, ती मालसामान बोक्न प्रयोग भएका सवारी साधन, विद्युतीय सामान, विद्युतीय उपकरणका पाटपुर्जा, कपडा, किराना र खाद्यान्नलगायतका मालसामान बरामद भएको प्रहरीले बताएको छ ।  मरीच र केराउ नेपालबाट भारततर्फ अवैध रुपमा निकासी हुने गरेको छ । तेस्रो मुलुकबाट आयात गरिएका यी बस्तु स्थानीय व्यापारीले भारतीय बजारमा पठाउने गरेका छन् ।  भारतमा केराउ, मरीचलगायतका बस्तुको आयातमा उच्च दरको सिमा शुल्क लगाइएको छ । चर्को सिमा शुल्कका कारण भारतमा यस्ता बस्तुको मूल्य बढी भएको मौका छोपेर नेपालमा भित्रिएका यस्ता बस्तुको अवैध निकासी बढेको हो ।  भारतबाट कपडा, किराना, खाद्यान्न, विद्युतीय सामान र पाटपुर्जा भन्सार छलेर भित्रिने गरेको प्रवक्ता खनालले बताए । समातिएका मालसामान कारवाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको जानकारी पनि उनले दिए ।  प्रहरीले ९ करोड रुपैयाँ मूल्यबराबरका सवारी साधन पनि कारवाहीका लागि भन्सारलाई बुझाएको छ । यसैगरी बितेको आर्थिक वर्ष पर्सामा २५ जनालाई हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा मुद्दा चलेको छ । तीमध्ये १२ जना नेपाली र १३ जना भारतीय नागरिक छन् ।  ती व्यक्तिहरुबाट २ करोड १७ लाख रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । ३ लाख ९२ हजार रुपैयाँ र भारतीय रुपया ६ लाख ५० हजार कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको पनि प्रहरीले बताएको छ । गत वर्ष प्रहरीले २३ किलो सुन र ९० किलो चाँदीसमेत बरामद गरेको थियो ।