पर्सामा एक वर्षमा ३४ करोडका तस्करीको सामान बरामद

साउन २, वीरगञ्ज । वितेको एक वर्षमा पर्सामा अनधिकृत तरिकाले कारोबार भइरहेको करीब ३४ करोड रुपैयाँ बराबरको मालसामान बरामद भएको छ । गत आर्थिक वर्ष २०७७/ ७८ मा वीरगञ्ज महानगर र ग्रामीण क्षेत्रबाट ३३ करोड ७० लाख रुपैयाँ बराबरका यस्ता बस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार भन्सार छलेर भित्र्याइएका र अनधिकृत तरिकाले भारततर्फ निकासी गर्न लागिएको अवस्थामा विभिन्न बस्तु सामातिएको हो । मरीच, केराउ, ती मालसामान बोक्न प्रयोग भएका सवारी साधन, विद्युतीय सामान, विद्युतीय उपकरणका पाटपुर्जा, कपडा, किराना र खाद्यान्नलगायतका मालसामान बरामद भएको प्रहरीले बताएको छ ।  मरीच र केराउ नेपालबाट भारततर्फ अवैध रुपमा निकासी हुने गरेको छ । तेस्रो मुलुकबाट आयात गरिएका यी बस्तु स्थानीय व्यापारीले भारतीय बजारमा पठाउने गरेका छन् ।  भारतमा केराउ, मरीचलगायतका बस्तुको आयातमा उच्च दरको सिमा शुल्क लगाइएको छ । चर्को सिमा शुल्कका कारण भारतमा यस्ता बस्तुको मूल्य बढी भएको मौका छोपेर नेपालमा भित्रिएका यस्ता बस्तुको अवैध निकासी बढेको हो ।  भारतबाट कपडा, किराना, खाद्यान्न, विद्युतीय सामान र पाटपुर्जा भन्सार छलेर भित्रिने गरेको प्रवक्ता खनालले बताए । समातिएका मालसामान कारवाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको जानकारी पनि उनले दिए ।  प्रहरीले ९ करोड रुपैयाँ मूल्यबराबरका सवारी साधन पनि कारवाहीका लागि भन्सारलाई बुझाएको छ । यसैगरी बितेको आर्थिक वर्ष पर्सामा २५ जनालाई हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा मुद्दा चलेको छ । तीमध्ये १२ जना नेपाली र १३ जना भारतीय नागरिक छन् ।  ती व्यक्तिहरुबाट २ करोड १७ लाख रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । ३ लाख ९२ हजार रुपैयाँ र भारतीय रुपया ६ लाख ५० हजार कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको पनि प्रहरीले बताएको छ । गत वर्ष प्रहरीले २३ किलो सुन र ९० किलो चाँदीसमेत बरामद गरेको थियो ।     

सम्बन्धित सामग्री

एक लाख ३५ हजार मूल्यबराबरको अवैध सामान बरामद

बाँके प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उपमहानगरपालिका– १ धम्वोझीस्थित शिव मन्दिर नजिकबाट एक लाख ३५ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको हो। अवैध...

भन्सार छलिएको सामान बरामद

गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।...

भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ। काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी...

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बन्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा, […]

दुई करोड ८५ लाखको सामान बरामद

पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको दुई करोड ८५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक...

झण्डै एक करोड बराबरका अवैध सामान बरामद

बुटवलमा प्रहरी तथा राजश्वको टोलीले झण्डै एक करोड बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अवैध गोदामबाट रु.८६ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको अबैध...

पौने तीन लाख बराबरको खाद्यान्न र हार्डवेयरका सामान बरामद

वीरगञ्जबाट प्रहरीले पौने तीन लाख बराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली ल्याउँदै गरेको खाद्यान्न तथा हार्डवेयरका सामान बरामद गरेको जनाएको छ।...

वीरगञ्जबाट ५ लाख मूल्य बराबरको सामान बरामद

२८ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बसपार्क र वडा नम्बर २५ सिर्सिया खाल्वाटोला क्षेत्रबाट सामान बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, माछा, लसुन, प्याज, जुत्ता चप्पल तथा सामान ल्याउन प्रयोग […]