एमाले र रास्वपाको बराबर जित, कांग्रेस पहिलो बन्दा माओवादी केन्द्रले खाता खोल्नै सकेन

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा १३ ठाउँमा जित निकालेर अहिलेसम्मको नतिजामा पहिलो दल बनेको छ। नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३/३ ठाउँमा चुनाव जतिरे दोस्रो स्थानमा रहँदा नेकपा (माओवादी केन्द्र)ले भने हालसम्म खाता खोलेको छैन। नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल, अरु दलबाट कति चुनिए ?

११ मंसिर, बुटवल । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक […]

सिन्धुपाल्चोकमा एमाले शून्य, कांग्रेस र माओवादी बराबरी शक्ति

९ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेकपा एमालेले एउटा पनि सिट जित्न सकेन । सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १/१ र प्रदेशसभा क्षेत्रतर्फ २/२ सिट जितेर समान शक्ति बन्दा एमाले भने यो जिल्लामा शून्यमा झरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर […]