प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिको लागि प्रदेश एक र एपीएफ खेल्ने

कैलाली – सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा पुगेका छन् । यी दुई टिमबीचकाे खेल भाेलि हुनेछ । धनगढीको फाप्ला मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । एपीएफले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले नटआउट ३८ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावलले तीन विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले रमा थापा...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला क्रिकेट फाइनल : इन्दुको अर्धशतक र अप्सरीको ह्याट्रिक

नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माको अर्धशतकमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी प्रदेशलाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफ सेमिफाइनलमा

एपीएफ क्लबले पाँचौ प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट : सेमिफाइनल समीकरण पूरा

काठमाडौं । ममता चौधरीको ४३ रनप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राख्ने क्रममा बिहीबार गण्डकी प्रदेशलाई ११७ रनले हराएको छ ।  जितसँगै एपीएफ समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । एपीएफले अब फाइनल प्रवेशका लागि लुम्बिनी प्रदेशविरुद्ध खेल्नेछ...

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा आज साेमवार सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् । धनगढीको फाप्ला मैदानमा एपीएफले प्रदेश २ लाई ४८ रनले हरायो । खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले नौ विकेट गुमाएर ५० रनमात्रै बनायो । उसका लागि मेलिना रायमाझीले सर्वाधिक २० रन बनाइन् ।  आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले हराएको छ । गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले द...

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र प्रदेश १ भिड्ने

लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब र प्रदेश १ फाइनलमा पुगेका छन् । शनिबार सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफ र लुम्बिनीलाई हराउँदै प्रदेश १ उपाधि भिडन्त तय गरेका हुन् ।

पीएम कप महिला क्रिकेट : उपाधिका लागि भाेलि एपीएफ र प्रदेश एक भिड्ने

काठमाण्डाै –  प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीए टिम एपीएफ र प्रदेश एक भाेलि भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेक...

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफ पुगेको छ । शनिबार दाङको लमहीमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा १ विकेट गुमाएर...

पीएम कप: सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो। मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६…